काठमाडौँ महानगर पालिकाले धोबीखोला किनारमा अत्याधुनिक दुई पार्क बनाउदै

श्रावन ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।
लागत अनुमान ३ करोड ३७ लाख ३८ हजार अनुमान गरिएको नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ । उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो ।
विहार र बुद्धको मुर्तिसहितको सो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ । उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले जानकारी दिनुभयो ।
हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिने योजना रहेको छ । पार्क नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने र राजधानीको कोलाहलबीचमा पनि आम सर्व सर्व साधारण नगरवासीलाई घुम घाम गर्न यो पार्ककलाई नमूना बनाउने तयारी रहेको अध्यक्ष डंगोलले बताउनु भयो। नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पार्नुभएको हो ।
महानगर पार्कको लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।

Loading...