अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने

काठमाडौं, ३२ जेठ । असार १ अर्थात् भोलिदेखि बैंक तथा वित्तीय क्षेत्र लकडाउनअगाडिकै अवस्थामा खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै साबिककै अवस्थामा कार्यालय सञ्चालन गर्न भनेको हो।

सेवाग्राहीको चाप मूल्याङ्कन गरी बढी भीडभाड हुने स्थानहरुमा आवश्यकताअनुसार सिफ्टअनुसार काम गर्न भनेको हो। त्यसको लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्न सकिनेछ।

सेवाग्राही तथा सम्पर्कमा रहने जो कोहीसँग भने सुरक्षाको न्यूनतम मापदण्ड अपनाउनुपर्ने बताएको छ। साथै विद्युतीय माधयमबाट हुने कारोबारलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले भनेको हो।

Loading...