क्वारेन्टाइनभित्र कुटाकुट, घाईतेको उपचार हुँदै

बुटवल । रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् ।

कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कुटाईबाट रुपन्देहीको जिल्ला समन्वय समितिको सदस्य रहेका व्यक्तिका श्रीमान हुन् । ति घाईतेलाई उपचारको लागि एम्बुलेन्स मार्फत भैरहवाको यूनिभर्सल मेडिकल कलेजतर्फ पठाइएको गाउँपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य इन्जिनियर नुर हुसेन खाँले बताए ।

कुटपिटमा संलग्न रहेका ४ जनालाई कस्तो खालको कार्वाही गर्ने भन्ने विषयमा गाउँपालिका र ईलाका प्रहरी कार्यालयले छलफल गरिरहेको खाँले जानकारी दिए । महामारीको बेला छ उनले भने, मुद्दा चालाउने कि अर्को कुनै कार्वाही गर्ने बारे कुराकानी भैरहेको छ ।

त्यसैगरी उक्त गाउँपालिकाको बोगडी माविमा रहेको क्वारेन्टाइनमा सतर्कता नगरिएको भन्दै स्थानीयले नारा जुलुस गरेका छन् । क्वारेन्टाइनमा रहेका कर्मचारीहरुबाट गाउँमा आउने जाने गरेको र खाना खाएका प्लेटहरु स्कुल बाहिर सडकमा फालेको भन्दै उनिहरुले गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव बिरुद्द नाराबाजी गरेका हुन् ।

शनीबार क्वारेन्टाइनमा खाना पकाउने ग्याँस सिलिण्डर सकिएपछि क्वारेन्टाइनमाा काम गर्ने दुई जना ग्याँस किन्न मर्चवारी बजार पुगेपछि बिरोध गरेको स्थानीयहरु बताउँछन् । बजारमा आउने जाने गर्ने, क्वारेन्टाइनभित्र पकाएको खाना घरमा लिएर आउने गरेको स्थानीयको आरोप छ ।

गाउँपालिकाको वडा नं. ६ का अध्यक्ष विनोद यादवले खाना पकाउने ग्याँस बजारमा किन्न जादा स्थानीयबाट बिरोध भएको जानकारी दिए । ग्याँस किन्न मर्चवारीको पसलमा दुई जना कर्मचारी गएका थिए, त्यो देखेर बिरोध गरेका हुन वडाअध्यक्ष यादवले भने । गाउँपालिकाको वडा नं. ६ मा रहेको बोगडी माविमा रहेको क्वारेन्टाइनमा अहिले ६९ जना व्यक्ति छन् । त्यहाँ भान्सा, सुरक्षा र व्यवस्थापनका लागि गाउँपालिकाबाट १० जना व्यक्तिलाई खटाइएको छ ।

क्वारेन्टाइन राख्दा देखि नै विरोध हुदै आएको गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव बताउछन् । उनले महामारीको बेला सहयोग गर्नुपर्नेमा केही व्यक्तिहरुको उक्साहटमा बिरोध भैरहेको दाबी गरे । क्वारेन्टाइनभित्रकाले बिरोध गर्दैनन् उनले भने तर स्थानीयहरुले विभिन्न बाहनामा असहयोग गरिरहेका छन् । त्यसैगरी मझगावा क्वारेन्टाइनमा कुटपिटमा संलग्न व्यक्तिहरुलाई कार्वाहीको प्रक्रिया अगाडी बढाइने उनले जानकारी दिए ।

गाउँपालिकाको मझगावा माविको क्वारेन्टाइनमा १५२, मर्यादपुर माविको क्वारेन्टाइनमा १०१ जना, लालबिहारी माविको क्वारेन्टाइनमा ६२ जना र बोगडी माविको क्वारेन्टाइनमा ६९ गरी गाउँपालिकाभित्र ३८४ जना व्यक्ति रहेका छन् ।

Loading...