नक्कली पत्रकार बनेर चोरी गर्ने ब्यक्ति पक्राउ

काठमाडाैँ, ७ जेठ । लकडाउनको मौका छोपेर रात तथा दिनको समयमा नक्कली प्रेस कार्ड झुन्ड्याएर चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीकाे महानगरीय अपराध महाशाखाले टोलीले पक्राउ गरेको छ ।

अपराध महाशाखा र महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निगरानी गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेकाे हाे । उनीहरुले मिति २०७६/१२/०३मा का.म.न.पा. वडा न ९ सिनामंगल स्थित Arer 51 Boys Hostel बाट बिभिन्न समयमा ४ थान ल्यापटप तथा मिति २०७६/१२/२४ गते दिउसोको समयमा का.जि. का.म.न.पा. वडा न ७ चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको Apple MAC book pro laptop र Apple ipad लगायतका समान चोरी गरेको बताइएकाे छ । उनीहरुलाइ ती सामान सहित जेठ ६ गते चाबहिल भत्केको पुलबाट पक्राउ गरिएकाे महानगरिय प्रहरी बृत्त गौशालाले जनाएको छ।

प्रहरीले अनुसन्धानको क्रममा CCTV फुटेजलाई अध्ययन र विश्लेषण गरेकाे थियाे । CCTV फुटेजमा उनीहरुले चाेरी गर्ने क्रममा Avenger मोटरसाइकल प्रयाेग गरेकाे र साेही माेटरसाइकल रोकेर सोधपुछ गरिएकाे प्रहरीले जनाएकाे छ । उनीहरु चढ्ने माेटरसाइकल राेकेर साेधपुछ गर्दा चोरीमा संलग्न ब्यक्तिहरुले AP1 टेलिभिजनको प्रेसकार्ड देखाएर आफुहरु पत्रकार भएकाे बताएका थिए । प्रहरीले साेहीबेला उनीहरुका झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका ल्यापटप, क्यानन क्यामेरा, ५३ हजार नगद, ३०० अमेरिकन डलर, २०० चाईनिज युयान र धारिलो हतियार समेत फेला पारेको थियाे ।

पक्राउ मानिसहरु:-
१) नाम:– आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली
उमेर :– २१बर्ष
ठेगाना:– जिल्ला सुनसरी ईटहरी उ.मा.न.पा. वडा न १४
हाल :- जिल्ला काठमाण्डौं धुम्बाराही

२) नाम:– अलि आलम मिया
उमेर :– २८ बर्ष
ठेगाना:– जिल्ला बारा बड्की फुलबारी गा.पा. ३
हाल :- जिल्ला काठमाण्डौं ओमबहाल
बरामद सामानहरु:-
१) Apple कम्पनीको ल्यापटप १
२) Apple कम्पनिको I pad थान २
३) मोवाईल बिभिन्न ब्राण्डका ६
४) धारिलो हतियार ३ थान
५) प्रोजेक्टर थान २
६) Canon क्यामेरा १
७) बा.२७ प.९४९० नम्बरको Avenger मो.सा. थान १
८) AP1 को प्रेस कार्ड

 

Loading...