रक एन रोल संगीत सुरुवात गर्ने गायकको निधन

रक एन रोल संगीतको सुरुवात गर्ने गायक लिटल रिचार्डको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

लिटल रिचार्डको चर्चित गीत गूड गोली मिस मोली सन् १९५८ मा विभिन्न चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका अरु चर्चित गीतहरुमा टुट्टी फ्रूट्टी र लङ्ग टल स्याली सहित रहेका छन् ।

द बिटल्स, एल्टन जोन र एल्भिस प्रेस्लीले आफूहरुमा उनको प्रभाव परेको बताउने गरेका छन् । लिटल रिचार्डलाई सन् १९८६ मा रक एण्ड रोल हल अफ फेमबाट सम्मानित गरिएको थियो ।

अमेरिकी गायक लिटलको हड्डीको क्यान्सरका कारण निधन भएको हो । उनको टेनिसीको टलाहोमामा रहेको घरमै निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको जन्म सन् १९३२ मा भएको थियो ।

Loading...