भजन गायनका लागि प्रशिद्ध मानिने सत्तल ‘सिँल्यंसत:’

  काठमाडौँ , २४ बैशाख । काष्ठमण्डपसँगै रहेको बिशाल आयातआकारको सत्तलको वास्तविक पुरानो नाम (सिँल्यंसत:) काठ बचेर बनाइएको सत्ताल भन्ने बुझिन्छ ।

मन्दिर जस्तै देखिने यो सत्तालको चार कुनामा चारवटा पंञ्छि गरुड (शार्दूल) राणाकाल नेपाल संवत १०४० मा तहविल निवासी धर्मनारायण मानन्धरले धातु मूर्ति प्रतिस्थापन गराएपछि सिंह सत्तल भनिन थालिएको हो । भजन गायनका लागि प्रशिद्ध मानिने यो सत्तालको दोश्रो तल्ला ( च्वत:) मा खुल्ला धार्मिक संगीत भजन सम्मेलन हुने गरेको इतिहासमा पाइन्छ । मानन्धरले आफ्नो घरको जग खन्दा भेटिएको नारायण, गरुड नारायणको मूर्ति पनि यसभित्र प्रतिस्थापन गरेको पाइन्छ । पहिले पहिले भारतीय दूतावासले १५ अगस्ट मनाउन जल्सा गर्न डाकिएका भारतीय वस्ताजहरूसमेत यस सत्तलमा अाई भजन र गजल गाई हिँडेको इतिहास छ । 

 

फोटो – बुद्ध शरण शाही 

Loading...