व्यवसायिक पत्रकारहरु छाता संगठनमा

काठमाडौं, २७ वैशाख । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट व्यवसायिक पत्रकारहरु छाता संगठनमा हावी भएका छन् । पेशामा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरु नै निर्वाचित भए पछि अब महासंघको छाता संगठन साँच्चिकै श्रमजीवीको भएको बताइन्छ ।
वैशाख २० र २१ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको महाधिवेशनबाट डा. महेन्द्र विष्टसहितको प्रगतिशील व्यवसायिक प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ । वामपन्थी विचारसँग नजिक रहेका ४ वटा पत्रकार संगठनको सहमतिमा अगाडि सारिएको उक्त प्यानलबाट समावेशी उपाध्यक्ष, मध्यमाञ्चलमा एक केन्द्रीय सदस्य र एशोसियट केन्द्रीय सदस्य वाहेक अरु सबै पदका उम्मेदवारहरु विजयी भएका छन् । २४ औं महाधिवेशनको बन्दशत्रबाट विधान संशोधन भएपछि यसपटक ४३ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिको निर्वाचन भएको थियो । संशोधित विधान अनुसार यसपटक महासंघमा दुई अध्यक्ष, ४ सचिव, ५ जना खुल्ला सदस्य, एक अपांग, एक अल्पसंख्यक र ३ जना लेखा समिति सदस्य हुनेछन् ।
डा. विष्ट ८ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी पोषण केसीले ७ सय १६ मत प्राप्त गरेका थिए । त्यसैगरी खुल्ला उपाध्यक्षमा खिलबहादुर भण्डारीले ७ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रामजी दाहालले ७ सय १६ मत प्राप्त गरेका छन् । त्यसैगरी समावेशी उपाध्यक्षमा अनिता विन्दुले ७ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन भने उनका निकततम प्रतिद्धन्द्धी महेश दासले ७ सय २१ मत प्राप्त गरेका छन् ।
व्यवसायिक संयुक्त प्यानलका महासचिव उजिर मगर ८ सय ११ मत प्राप्त गरी विजयी भएका छन् । प्रेस युनियनबाट अगाडि सारिएका जगत नेपालले ६ सय ९५ मत प्राप्त गरी निकटतम प्रतिद्धन्द्धी बनेका छन् । त्यस्तै खुल्ला सचिवमा प्रभात चलाउनले ५ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी दिलिप थापा मगरले ५ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सचिवमा विजयी संगीता खड्का ८ सय ७२ मत प्राप्त गरी विजयी भएकी छन भने बसुन्धरा गौतम ५ सय ८४ मत प्राप्त गरी निकटतम् प्रतिद्धन्दी बनेकी छन । समावेशी सचिव पदमा धर्मेन्द्र कर्ण ७ सय ४९ मत प्राप्त गरी विजयी भएका छन भने ६ सय २५ मत प्राप्त गरी गोविन्द परियार उनका निकतटम प्रतिद्धन्द्धी बनेका छन् । त्यस्तै एशोसियट सचिवमा ८ सय २२ मत प्राप्त गरी धु्रब लम्साल विजयी भएका छन् भने प्रकाश थापा ५ सय ५२ मत प्राप्त गरी निकटतम प्रतिद्धन्द्धी बनेका छन् । त्यसैगरी सुर्यमणी गौतमले ८ सय १७ मत प्राप्त गरी युनियनका राजेश मिश्र (६६०)लाई पराजित गरेका छन् ।
त्यस्तै पुर्वाञ्चलबाट गणेश पोखरेल (१०१) र गणेश लम्साल (८०), मध्यमाञ्चलबाट शितल महतो (१०३) र चिरञ्जीवी मास्के (९२), उपत्यकाबाट ईश्वरी वाग्ले (८७) र रामहरि सिलवाल (७७), पश्चिमाञ्चलबाट हरिनारायण गौतम (११९) र रुद्र भट्ट (१०८), मध्यपश्चिमाञ्चलबाट झलक गैरे (१२२) र अजयदेव शर्मा (९२), सुदूरपश्चिमाञ्चलबाट प्रकाशविक्रम शाह (५४) र खगेन्द्र पन्त (५२), प्रतिष्ठानबाट सुरज आचार्य (१४२) र रोशन पुरी (११७), कर्णालीबाट नवराज महतारा (२७), एसोसिएटबाट प्रकाश तिमल्सिना (४७) र प्रदीप न्यौपाने (४०) विजयी भएका छन् । त्यसैगरी खुल्ला केन्द्रीय सदस्यमा दीपेन्द्र कुँवर (७९७), सुष्मा पौडेल (६८९), रोहित दाहाल (६४१), राजु लामा (६०६), माधव दुलाल (५०८) विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा पवनवर्षा शाह (८५२), सरिता ढकाल (७३१) र निलिफा सुब्बा (७१४) विजयी भएका छन् । त्यसैगरी आदिवासी जनजाति सदस्यमा लक्की चौधरी (८००) र मोहनसिंह लामा (६९६), मधेशी सदस्यमा बेचु गौंड (७१०) र अजयकुमार मिश्र (५८२), दलित सदस्यमा कमल परियार (८०५) र किसान संगीत नेपाली (६४१), अपांग सदस्यमा भवानी ऐर (७८१) र अल्पसंख्यकमा अब्दुल्लाह मियाँ (९५३) विजयी भएका छन् ।
त्यसैगरी यसपटक विधानमा व्यवस्था भए वमोजिम लेखा समितिको संयोजकमा दीपक पाण्डे (८६२), सुनिल दाहाल (५५८) र रञ्जना पौडेल (७१६) विजयी भएका छन् ।
यसपटकको महाधिवेशनमा १६ सय ५१ केन्द्रीय प्रतिनिधि तथा सभाषदहरु जिल्लाबाट निर्वाचित भएर आएका थिए । त्यसमध्ये करिव साढे १५ सय मत खसेको थियो ।

Loading...