सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।

आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको छ। अन्य जिल्लामा भने स्थिति सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए। जविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताए। उनले भने, ‘हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।’ सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरले बताए।

 

Loading...