ललितपुरबाट विप्लवका दाईसहित ६ जना पक्राउ

काठमाडौँ, १० चैत । ललितपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ परेकामध्ये जयन्द्र चन्द, विप्लवका आफ्नै दाई हुन्। विनोद चन्द पनि विप्लवको नातेदार भएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए।

प्रहरीले प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगरलाई पनि पक्राउ गरेको छ। उनिहरुलाई चन्दा आतङ्कसहित अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए।

Loading...