पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ ।

जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ । त्यसमध्ये प्रतिनिधि सभा र एक प्रदेश सभाका लागि बागी परेकाे हाे । नेकपा एमालेले जाजरकाेटमा केन्द्रीय सभाका लागि माअाेवादी केन्द्रलार्इ छाडेकाे थियाे । जसअनुसार केन्द्रीय सभाका लागि माअाेवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । दुर्इ दलबीच यसअघि भएकाे सहमति अनुसार केन्द्रीय प्रतिनिधि सभा माअाेवादी केन्द्रले लिने र दुर्इ प्रदेश सभामा एमालेले उम्मेदवारी दिने सहमति भएकाे थियाे । तर, माअाेवादी केन्द्रका स्थानीय नेताहरुले केन्द्रकाे सहमति र निर्णयविरुद्ध चुनाैती दिँदै फेसबुक वार सुरु गरेपछि त्याे सहमति कायम हुन सकेन । माअाेवादी केन्द्रका नेता कालिबहादुर मल्लसहित जिल्लाका अधिकांश नेताहरु याे सहमति विरुद्ध लागि परेका थिए । मल्लले प्रचण्डलार्इ चुनाैती दिँदै यदि निर्णय नसच्याइएमा जिल्लामा लागु नगर्ने बताएका थिए । साथै उनले प्रचण्डलार्इ माफी माग्न भन्दै फेसबुकमै धम्की पनि दिएका थिए ।

जिल्लामा लगातार यस्ताे विराेध अाइरहेपछि प्रचण्डले केपी अाेलीसँग छलफल गरेर जाजरकाेट र हुम्लाका लागि निर्णय सच्याएका थिए । जिल्लाका केही नेताहरुले भने दुर्इ पार्टीकाे एकीकरण नै हुने भएपछि जाे लडे पनि केही फरक नपर्ने सुझाब नदिएका हाेइनन् । तर, माअाेवादी केन्द्रका जिल्ला नेताहरुले नमानेपछि याे निर्णय उल्टियाेे । जसअनुसार जाजरकाेटमा एमालेले एउटा मात्र प्रदेश सभाकाे सिट लिने र माअाेवादी केन्द्रले संघीय सभा र एक प्रदेश सभाकाे सिट लिने निर्णय गरिएकाे थियाे । तर, त्याे निर्णय एमालेका स्थानीय नेताहरुले पनि मानेका छैनन । अन्तिममा अाएर माअाेवादी केन्द्रका तर्फबाट संघीय प्रतिनिधि सभाका लागि उम्मेेदवार बनेका शक्ति बस्नेतका विरुद्ध एमालेका नेता गाेविन्द विक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माअाेवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका गणेश सिंहका विरुद्ध एमालेका निरज अाचार्यले उम्मेदवारी दिएका छन् । यससँगै जाजरकाेटमा वाम गठबन्धन टुटेकाे छ ।

यसअघि एमालेले जाजरकोट क र ख दुबै निर्वाचन क्षेत्र पाएकाे थियाे । साेेही अनुसार दुबै निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट निरज अाचार्य र करविर शाहीले यसअघि नै उम्मेदवारी दर्ता गरेका थिए । त्याे निर्णय माअाेवादी केन्द्रका जिल्लाका नेताहरुले केन्द्रमा निरन्तर दवाव दिएर उल्ट्याउन लगाएपछि एमालेका जिल्ला नेताहरुले पनि त्यसलार्इ अस्वीकार गरेका हुन् ।

वामगठबन्धनका तर्फबाट संघीय सभाका लागि उम्मेदवार बनेका शक्ति बस्नेत विरुद्ध बागी उम्मेदवारी दिने गाेविन्द विक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । उनी राप्रपाबाट ०५६ सालमा संसद जितेका थिए ।

वामगठबन्धनका लागि केन्द्रमा भएकाे सहमति विरुद्ध जाजरकाेटका माअाेवादी केन्द्रका नेता कार्यकर्ताले फेसबुकमा गरेका अरु कमेन्टहरु यस्ता थिए : 

 

Loading...