भारतमा जनता कर्फ्यु लगाउने घोषणा

एजेन्सी, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् ।

कर्फ्यु आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ । उनले भने, “घरबाटै गर्न सकिने काम जेसुकै गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट जोगिन संकल्प गर्नुपर्छ ।” भारतमा १८४ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ । थप क्षति नहोस भनेर सरकारले कर्फ्यु लागू गरेको हो । प्रधानमन्त्रीले सम्बोधनका क्रममा पहिले झैं बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

Loading...