भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी (एनआरएनएमा जित्नेको सूचीसहित)

काठमाडौँ, ३१ असोज । भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् ।

भट्टले अध्यक्षकी अर्की प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन् । यसअघि दुर्इ कार्यकाल अध्यक्ष भएका शेष घले पत्नी जमुना घले गुरुङकाे प्यानलबाट उम्मेदवारी दिने अधिकांश पराजित भएका छन् । नेपालको गोरखा जिल्लामा जन्मिएका भट्ट जापानका सफल व्यवसायी हुन् । जापानमा उनी दुई सय भन्दा बढी रेष्टुरेण्ट र हाेटेलसँगै अन्य व्यापार गरिरहेका छन् । साथै उनका युराेपमा पनि हाेटेल व्यवसाय सुरु गरेका छन् । 

सम्मेलनमा प्रकाशित गरिएकाे अन्तिम नामावली अनुसार यसपटक १८ सय ५४ मतदाता रहेका थिए । त्यसमध्ये १७ सय ४४ मत खसेको थियो ।

उपाध्यक्ष खुल्लातर्फ जर्मनीका कुमार पन्त र यूकेका कुल आचार्य विजयी भएका छन् । पन्त यसअघि पनि उपाध्यक्ष थिए भने आचार्य युरोप संयोजकबाट सिधै उपाध्यक्ष बनेका हुन् । यसैगरी, महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी विजयी भएकी छिन् । 

महासचिवमा रसियाका डा. बद्री केसी पुनः निर्वाचित भएका छन् । डा. केसीको महासचिवमा यो दोस्रो कार्यकाल हो । सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए । यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन् । सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् । युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् । महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् ।

यसैगरी, युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।

ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

 

Loading...