नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाडाै, १८ फागुन । नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण वर्ष सार्ने निर्णय नै गरेको हो ।

आइतबार साँझ प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । यस अघि दिउसो सरकारले भेला, सेमिनार र महोत्सव नगर्न र सामुहिक ठूला भोजहरू समेत नगर्न आह्वान गरेको थियो । सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो आह्वान गरेका थिए ।

भक्तपुर पोस्ट श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष सार्ने प्रस्ताव गरेका थिए जुन सर्वसम्मतले पारित भएको बताइएको छ ।

२० लाख पर्यटक भित्राउने लक्ष सहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० सफल हुने संकेत नदेखिए पछि सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरिएको श्रोतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष सरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रस्ताव गरेका हुन् ।यद्यपी निर्णय सार्वजनिक भने भएको छैन ।

नेपाल चीनको छिमेकमा भएकोले पर्यटकले नेपाल भ्रमणमा आउँन जोखिम महसुस गर्दै आएका छन् । नेपाललेे एकातर्फ़ ठूलो संख्यामा रहेका चिनीया पर्यटक गुमाएको छ भने अर्कोतर्फ अरु राष्ट्रका पर्यटक पनि कोभेड १९ को जोखिमकै कारण आकर्षित हुन नसक्दा नेपाल भ्रमण वर्ष प्रभावित बनेको हो ।

Loading...