जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप

विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन ।

विराटनगर महानगरपालिका स्थित भानुटोल र बरगाछीबाट शुक्रबार साँझ उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । ती दुर्इ ठाउँबाट १८ जना जुवाडेलार्इ प्रहरीले समातेकाे बाहिर अाएकाे छ । तर उनीहरु काे हुन र किन उनीहरुकाे नाम खुलाइएन भन्ने बारे प्रहरीले केही बाेलेकाे छैन ।

स्राेतका अनुसार मोरङ प्रहरीको गस्ति टोलीले शुक्रबार विराटनगर ४ स्थित नरेन्द्र थापाको घरबाट १ लाख ३० हजार ३ सय नगद सहित ८ जना पक्राउ गरेकाे थियाे । त्यसैगरी विराटनगर-९ स्थित ऋषिकेश नहकर्मीको घरबाट १ लाख ८४ हजार चार सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पनि पक्राउ गरिएकाे बताइएकाे छ ।

दुई अलग अलग स्थानबाट जुवाडे पक्राउ गरेकाे कुरा बाहिर अाए पनि प्रहरीले त्यसबारे अरु कुनै पनि जानकारी दिन मानेकाे छैन । जुवा खालबाट पक्राउ परेकाहरु बैकका सिईओदेखि राजनैतिक पार्टीका पहुँचवाला व्यक्तिहरु समेत भएकोले उनीहरुको नाम गोप्य राखिएको प्रहरी स्रोतले जनाएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले सरुवा भएर आए लगत्तै पत्रकार सम्मेलन गरेर आफु कुनै दवाव र प्रभावमा नपरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, पहिले प्रहरीले पक्राउ गरेका सबै जुवाडेहरुको नाम सार्वजनिक गर्ने गरेको भए पनि एसपी बिसीले भने उच्च व्यक्तिहरुको प्रेसरमा आएर नाम गोप्य राखेकाे बुझिएकाे छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी विष्णुहरि कोइरालाले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान गरिराखेको र अदालतमा म्याद थप गराएपछि सबैको नाम सार्वजनिक गर्ने बताए । जुवा ऐन अनुसार खालबाट पक्राउ गरेका व्यक्तिलाई अनुसन्धान गरि अदालतमा पेश गरेर सजाय दिलाउनु पर्छ । ऐन अनुसार कसुर ठहरेमा अदालतले बिगो जफत गरि व्यक्तिलाई एक पटकमा दुई सय रुपैयाँ सम्म जरीवाना गर्न सक्ने व्यवस्था छ ।

Loading...