महरालाई पक्राउ गर्न गृहमन्त्री बादलको आदेश, प्रहरीमा बलात्कारको मुद्दा दर्ता

काठमाडौँ । रोशनी शाहीमाथिको बलात्कार प्रकरणमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता भएको छ ।

रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकी हुन् । गृह मन्त्रालय स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी समेत गरेकी थिइन् ।

कृष्णबहादुर महराद्वारा रोशनी शाहीको कोठामा गइ रक्सी खाएर कुटपिट तथा बलात्कार गरेको आरोप लागेको छैटौं दिनमा बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता भएको हो । रोशनी शाही र महराको प्रकरण बाहिर आएपछि उनका श्रीमानले उनीसँग सम्बन्ध विच्छेद गरेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएको कुरा मिडियामार्फत बाहिर ल्याएपछि सत्तारुढ दल नेकपाले महरालाई राजीनामा गर्न आदेश दिएको थियो । सोही अनुरुप उनले छानविन प्रक्रिया नसकिएसम्मका लागि भन्दै सभामुख पदबाट राजिनामा दिएका थिए । राजीनामा दिएको केही घन्टापछि रोशनी शाहीले महरा बाबु समान भएको र बाबु र छोरीको सम्बन्धलाई यौनसँग जोडन नमिल्ने भन्दै खण्डन गरेकी थिइन ।

रोशनीले अघिल्लो दिन बलात्कार गरेको र पछिल्लो दिन बाबु समान भएको प्रतिक्रिया दिएपछि सर्वत्र अनुसन्धान प्रभावित हुने जनाईको थियो । कानुनविदहरुको पनि महरा प्रकरणमाथि धारणा बाझिएको थियो । महरालाई चोख्याउनका लागि रोशनी शाहीलाई दवावमा राखिएको एकथरिको विश्लेषण थियो ।

महरा माथिको बलात्कारको आरोपपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले महरा प्रकरणमा ढुक्कले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको स्रोतले जनाएको छ । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ । महराले रोशनीको घरमा नगएको दावी गरे पनि रोशनीको घरमा गएको सिसि टिभी फुटेज, रोशनीसँग महराको फेसवुक म्यासेन्जर सम्वाद आदिले पुष्टि भएको देखिन्छ ।

महरामाथि प्रहरीको अनुसन्धानका लागि गिरफ्तार हुने सम्भावना किन पनि बढि छ भने महरालाई सांसद पदबाट राजीनामा गराउने खेल नेकपाबाटै सुरु भइसकेको छ ।

Loading...