६३ औं प्रहरी दिवसको अवसरमा ब्याण्ड कन्सर्ट प्रदशन

असोज १५, काठमाडौँ ।

सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत  ६३ औं प्रहरी दिवसको अवसरमा बुधबार बसन्तपुर दरवार क्षेत्रमा विविध सांस्कृतिक कार्येक्रम का साथै नेपाल प्रहरी ब्याण्ड कन्सर्ट प्रदशन गरिएको छ ।


कायर्क्रममा नेपाल प्रहरीका ब्याण्डले नेपाली र नेपाल भाषाका गीतहरुका धुन का साथै निकै रमाइला लोकप्रिय गीतहरु प्रस्तुत गरिका थिए ।
मौलिकता झल्किने विभिन्न धुनहरुका बीच नेपाल प्रहरीका महनिरिक्षक सर्वेन्द्र खनाल द्वारा रचना गरिएकाे ” नेपाली जन जनको मनमनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरीदार नेपाल प्रहरी ” गीतको प्रस्तुति निकै आकर्षक रुपमा प्रतुत गरिएको थियो । 


उक्त अवसरमा अतिथिका रुपमा प्रदेश सभाका सांसद् , स्थानीय जनप्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रतिनिधि ,समाजसेवीको उपस्थिति रहेको थियो ।

Loading...