द्वन्द्वविज्ञ डा उप्रेतीलाई लेखन सम्मान

काठमाडौँ, २० भदौ । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित रु १० हजार राशिको उक्त सम्मान प्राप्त गर्ने उनि दोस्रो व्यक्ति हुन । गत वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त सम्मान प्राप्त गरेका थिए ।

द्वन्द्व व्यवस्थापन, ग्रामीण विकास एवं सहभागितात्मक विकास प्रक्रियाका बारेमा नियमितरूपमा कलम चलाई थुप्रै पुस्तक प्रकाशन तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा समेत उल्लेख्य सङ्ख्यामा लेख लेखेर राष्ट्रोत्थानमा गहन भूमिका खेलेबापत डा उप्रेतीलाई उक्त सम्मान अर्पण गर्न लागिएको कुरा पुरस्कार व्यवस्थापक संस्था नेपाल सहभागीमूलक कार्य समूह नेपान ले जनाएको छ ।

उक्त पुरस्कारका लागि नेपानका अध्यक्ष चेतनाथ कणेलले २०७४ चैतमा आफ्ना स्व सुपुत्र प्रसिद्धको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन । कोषबाट प्राप्त हुने ब्याज रकमबाट हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । नेपानको २५ औँ वार्षिक साधारणसभाका अवसरमा भोलि शनिबार एक विशेष समारोहबीच उक्त सम्मान प्रदान गरिनेछ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करीब ३०० विकासकर्मी सदस्य रहेका छन् ।

Loading...