वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडाैं । भारतको कर्नाटक बेंगलुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । समाचार एजेंसी एएनआईको हवाला दिदै भारतीय अनलाइन अमर उजालाले बदमाशहरुले मंगलवार बेंगलुरुको राजाराजेश्वरी नगर स्थित उनको घर भित्र पसेर अपराधलाई अंजाम दिएको बताएको छ ।

 

मीडिया रिपोर्टको अनुसार बेलुकी करीब साढ़े आठ बजे तीन अज्ञात हमलाकारीले गोली हानेर उनको हत्या गरेको हो । रिपोर्ट अनुसार हमलाकारीले उनके घरको ढोका ढक्ढकाए र जब उनले ढोका खोलिन् अपराधिहरुले उनको गोली हानी मारे । बेंगलुरु वेस्ट का डीसीपी एम. एन. अनुचेथले आज बेलुकी गौरी लंकेशको घरमा भएको गोलीबारीमा उनको मृत्यु भएको र शव भेटिएको भनेका छन् ।

पुलिसले हमलाकारीले गौरी लंकेशमाथि अन्धाधुन्ध गोलि हानी घटना स्थलमै हत्या गरिएको भनेको छ । प्रहरीले घटनाको पुष्टी गरेको छ ।

 

 

गौरी लंकेश वरिष्ठ पत्रकार, लेखक तथा अनुवादक पी लंकेशको छोरी हुन् । गौरी लंकेशले धेरै समाचार पत्र-पत्रिकामा स्तम्भ लेखक थिइन् ।

गौरी लंकेश राइट विंगको आलोचक मानिन्थिन । वैचारिक मतभेदलाइ लिएर गौरी लंकेश केहि मानिसहरुको निसानामा थिइन् । वैचारिक मतभेदलाइ नै लिएर उनको हत्या भएको हुनसक्ने बताइएको छ ।

Loading...