एनसेललाई जोगाउन मिलेमतो गरेको भन्दै न्यायाधिशकै पुत्ला जलाउने विप्लवको घोषणा

काठमाडौं, १४ भदौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको दावी गरेका छन् ।

विद्रोही नेकपाले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जस अन्तगर्त भदौ १७ गते न्यायाधीसहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्ने कार्यक्रम तय गरिएको छ ।

अदालतको यो निर्णयपछि आफ्नो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नुपर्ने निस्कर्षमा पुग्न लागेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट हुदाँहुदै पनि सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको उनले’ विज्ञप्तिमो विप्लवले दावी गरेका छन् । ‘सरकारकै इसरामा सर्वोच्चका केही ‘भ्रष्ट न्यायधिस’हरु चलेको’ पनि विप्लवको दावी छ । सर्वोच्चले यसअघि आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘भदौ १० गते सर्वोच्च अदालतले एनसेल कर असुलीबारे अत्यन्त विवादास्पद निर्णय गरेकोप्रति पार्टीको ध्यान विशेष रुपले तानीएको छ । एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट छ । एनसेलको ठगीप्रति हर नागरिक चिन्तित र आक्रोसित छन् । नालायक भ्रष्ट सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको छ । सरकारकै इसरामा सर्वोच्चका केही भ्रष्ट न्यायधिसहरुले आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेका छन् ।’

यस्तो अवस्थामा समेत संसदवादी पार्टीहरु नेकपा (एमाले-माके), काँग्रेस, समाजवादी सबै चुप लागेर बसेको भन्दै महासचिव विप्लवले सर्वोच्चको उक्त निर्णयलाई तत्काल खारेज गर्न चेतावनी दिएका छन् । साथै यस्तो देशघाति, जनघाति निर्णयलाई खारेज गराउन सारा नागरिकहरु संघर्षमा उत्रिनु पर्ने विज्ञप्ति उल्लेख छ । ‘संसदवादी पार्टीहरु नेकपा (एमालेमाके), काँग्रेस, समाजवादी कोही पनि बोलिरहेका छैनन् । हाम्रो पार्टी कथित न्यायधिसहरुको यो फैसलाको घोर भत्र्सना गर्दछ साथै यस निर्णयलाई खारेज गर्न चेतावनी दिन चाहन्छ । यस्तो देशघाति, जनघाति निर्णयलाई खारेज गराउन सारा नागरिकहरु संघर्षमा उत्रिनु पर्ने भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको प्रष्ट पार्दै विप्लवले त्यही कारण नै केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको बताएका छन् । अदालतको यो निर्णयपछि आफ्नो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुग्न लागेको विज्ञप्तिमा उल्लेख छ । देशमा नेपाल टेलिकम चलिरहेको अवस्थामा नेपालीहरुका लागि एनसेल बाध्यताको ब्यापार नभएको भन्दै उनले यस्तो अवस्थामा करछालुवा एनसेललाई बहिस्कार गर्नेबारे सोच्न सबै देशभक्त नागरिकहरुलाई समेत हार्दिक अपिल गरेका छन् । साथै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्नुपर्ने उनको भनाइ छ ।

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टीले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारणले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ । अदालतको यो निर्णयपछि हाम्रो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुग्दै छ । एनटिसी चलिरहेको अवस्थामा एनसेल हाम्रो बाध्यताको ब्यापार होइन तसर्थ सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न हार्दिक अपिल गर्दछौं । साथै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रह गर्दछौं ।’

यस्तो छ विप्लवको विज्ञप्ति

 

Loading...