चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा

काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ ।

यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । आयोगले नेपालबाट चिनियाँ बजारमा यौनकर्मीका रुपमा मानव तस्करी भएका महिलाको बारे सरकारले चासो नदिएको विषयलाई उठान गरेको छ ।

पछिल्लो समय विषेश गरी व्यापारका नाममा तिब्बतको बाटो हुँदै नेपाली महिला चीन लैजाने गरिएको छ । २०७२ सालको भूकम्पपछि नेपालबाट नेपाली महिलाको चीनतर्फ मानव बेचबिखन भइरहेको आयोगको अध्ययनमा भनिएको छ ।

हाल चीनमा ३८ लाखभन्दा धेरै नागरिकलाई आधुनिक दासता बनाइएको चीनको तथ्यांक विभागलाई उदृत गर्दै आयोगले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २३ जना नेपाली महिला-पुरुषलाई चीनबाट सरकारले उद्धार गरेको थियो ।

Loading...