यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय

सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् ।

कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले डाइटिङ गर्दछन् । कतिपयले त डाइटिङका लागि भन्दै खाना समेत बन्द गरिरहेका हुन्छन् । यसरी वजन घटे पनि नघटे पनि मानिसको स्वास्थ्य भने बिग्रने पक्का छ । त्यसैले यहाँ तौल घटाउने एक उपयुक्त घरेलु उपाय यहाँ पस्केका छौं । यदि तपाईले यो डाइट प्लानमा आफूलाई राख्न सक्नुभयो भने तपाईको ७ दिनमा ६ किलोभन्दा बढी तौल घटाउन सक्नुहुन्छ ।

डाइट प्लान अनुसार पहिलो दिन केही स्वस्थ र हल्का खाना लिनु जरुरी हुन्छ । जसमा केवल फलफूल मात्र हुनुपर्छ । जसलाई फलफूलको आहारा पनि भन्न सकिन्छ । पहिलो दिन दिनभर फलफूलभन्दा अरु कुनै चिज खान हुँदैन । फलफूल मध्ये पनि केरा नखानुस । केरा बाहेक बाँकी सबै फलफूल खान सक्नुहुन्छ । त्यसका साथै बढीभन्दा बढी पानी पिउनुहोस ।

दोस्रो दिन केवल साग सब्जी मात्र खानुहोस । सागसब्जी काँचै पनि खान सकिन्छ या उमालेर पनि खान सकिन्छ ।

तेस्रो दिन फलफूल र सागसब्जी दुबै खानुहोस । फलफूलका साथमा सब्जी पनि सँगै खान सक्नुहुन्छ वा फरक फरक समयमा खान पनि सक्नुहुन्छ । बिहानै उठेर पहिलो खाना फलफूल खानुहोस । त्यसपछि लन्चका रुपमा सागसब्जी खानुहोस । सब्जीका साथमा सलाद पनि खान सक्नुहुन्छ । सो दिन साँझ पनि सलाद, सागसब्जी, फलफूल मात्र खानुहोस । सलादमा आलु भने नखानुहोस । त्यस्तै फलफूलमा केरा पनि नखानुहोस ।

चौथो दिन केवल केरा र दुध खानुहोस । दिनभर दुध र त्यसमा केरा मिसाएर खानुहोस ।

अर्कोदिन तपाई १ कप चामल उमालेर खानुहोस् । त्यसका साथै दिनभर कमसेकम ७ वटा टमाटर खानुहोस । साँझ डिनरको समयमा टमाटर र १ कप चामल उमालेर खानुहोस । पानी भने कम्तीमा १२ गिलासभन्दा माथि खानुहोस ।

छैटौ दिन बिहान सब्जी खानुहोस । लन्चमा हल्का भात खान सक्नुहुन्छ । यसका साथै रातमा सागसब्जी मात्र खानुहोस । यो खाँदा पानी भने अत्यधिक खान जरुरी हुन्छ ।

सातौ दिन तपाई एक कप चामल उमालेर खानुहोस । त्यसका साथमा आफूलाई मनपर्ने फलफूल र सागसब्जी पनि खानुहोस । सकेसम्म दिनभर फलफलका फ्रेस जुस मात्र खानुहोस ।

यसरी सात दिनमा तपाईको तौल ६ किलोभन्दा बढी घट्ने पक्का छ । यसरी फलफूल र सागसब्जी खाँदा तपाईको शरिर पनि कमजोर हुन्न ।

Loading...