एकाबिहानै ट्रकले भत्कायो अरुणखोला पुल, २ मिटर पुल तल झार्ने गरी ठोक्किएको ट्रक तान्नै मुस्किल

बुटवल, २९ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा एक ट्रकले पुल नै भाँचेकाे छ । पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोलामा आज (बुधबार) बिहान ४ बजे एक ट्रक पुलमा ठोक्किएकाे थियाे । पुलमा ठाेक्किएका कारण ट्रक भने खाेलामा झर्नबाट बचेकाे भए पनि पुल भाँचिएकाे छ ।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी अावागमन पूरै राेकिएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल करिब दुई मिटर तल लच्किएको जानकारी दिए ।

दुइ मिटर तल लच्चिकएपछि पुलमा ठूला सवारीसाधान आवतजावत गर्न सक्ने अवस्था छैन । ठाेक्किएकाे ट्रक पनि पुलकै फलाममा अड्किएकाे छ । उक्त ट्रकलाइ निकाल्ने काम भइरहेकाे भए पनि पुलमा छिट्टै सवारी अावागमन सूचारु हुन सक्ने अवस्था छैन । साना हलुका सवारी साधनहरुलाइृ भने चल्न दिइएकाे छ ।

बिहानै पुलमा क्षति पुगेपछि पूर्व पश्चिमबाट जाने अाउने यात्रुवाहक बसका लामा लामा लाम लागेका छन्। प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई पनि यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था मिलाउने प्रयत्न गरिरहेकाे जनाएकाे छ ।

तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम रहेकाले वैकल्पिक बाटो निर्माण गर्ने कुरा चलिरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Loading...