प्रहरीको भेसमा आएका बन्दुकधारीले लुटे ३ अर्ब मुल्यको ७५० सुन

एजेन्सी । ब्राजिलमा बन्दुकधारीहरूले कम्तिमा तीन करोड डलर (करीब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको ७५० किलोग्राम सुन लुटेका छन् ।

उनीहरुले प्रहरीको पोशाकमा आएर साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट उक्त सुन लगेका हुन्।

उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाएर उक्त सुन लगिएको हो । घटना बिहीवारको हो ।

सुनबारे गोप्य जानकारी लिनका लागि उनीहरुले विमानस्थलका एक वरिष्ठ अधिकारीका परिवारका सदस्यको अपहरण गरेको अनुमान गरिएको छ ।

सन्दिग्धहरूले पिकअप ट्रकलाई ब्राजिलको सङ्घीय प्रहरीको गाडीको स्वरूप दिएका थिए । उनीहरूले सुनलाई आफ्ना गाडीमा हाल्न विमानस्थलका कर्मचारीलाई बाध्य पारेका थिए।

भिडिओ फुटेजमा देखिए अनुसार गाडीबाट चारजना झरेका थिए र उनीहरूमध्ये कम्तीमा एक जनासँग राइफल थियो।

विमानस्थलका एकजना प्रवक्ताले घटनामा कोही पनि घाइते नभएको बताए। यद्यपि कर्मचारीलाई बन्धक बनाइएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्।

Loading...