सुनको मूल्य अहिलेसम्मकै महङ्गो

काठमाडौँ, १७ साउन । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य शुक्रबार आठ सय रुपैयाँले बढेर ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै महँगो मूल्य हो ।

बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियोे ।

Loading...