साइत जुराउ भो तिम्रै घर आउँछु पियारा

तिम्रै नामको मेहन्दी लाउँछु पियारा 
भन तिम्लाई कहिले पाउँछु पियारा !!

चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर
लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा !

जीवन गीतमा सारङ्गीको धुन भरौ अब
म नि प्रेमिल मिठो गीत गाउँछु पियारा !

कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ?
साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !

Loading...