पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

भोजपुर, २८ असार । भोजपुरमा लगातारको वर्षापछि गएको पहिरोमा परि एकै ३ जना बेपत्ता भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिए ।

बिहान खाजा बनाउन भान्छामा छिरेलगत्तै पहिरो आएको र उनीहरुको अवस्था थाहा नभएकाले खोजी कार्य जारीरहेको डिएसपी सलामीले बताए निरन्तर पहिरो गइरहेकाले उद्धार गर्न पनि कठिनाई भइरहेका बताइएको छ ।उद्धारका लागि नजिकैको प्रहरीलाई परिचालन गरिएको पनि उनले बताए ।

Loading...