त्यसैले त कुर्लिन मन लाग्छ…

दुइचार हजारमा खर्दार,सुब्बा समाउँछौ
अरबौका भ्रष्टाचारमा सेटिङ मिलाउँछौ
भन त सुशासन कसरी ल्याउँछौ
भ्रष्टाचार तिमीले कसरी घटाउँछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

जनतालाई करको भारी बोकाउँछौ
महंगीले मर्नेगरी ढाड सेकाउँछौ
बिरोध गर्न पटक्कै पाइदैन
झ्यालखानामा तिमीले सडाउँछौ
भन त समाजबाद कसरी ल्याउँछौ
समृद्धी तिमीले कसरी ल्याउँछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि

कहिले बिदेशीलाई नागरिकता बेच्छौ
कहिले गुठीमा माफियातन्त्र घुसाउँछौ
बिदेशीको अगाडी लम्पसारै पर्छौ
देशमा गृहयुद्धको त्रास देखाउछौ
यसरी त कसरी तिमीले देश जोगाउँछौ
कि तिमीले उतै बुझाउछौ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

पहिले आइफासँग लम्पसार पर्छौ
पर्यटक बढ्ने, ब्यापार बढ्ने कथा सुनाउँछौ
देशलाई ईन्डियाको प्रान्त झै बनाउँछौ
बिरोध धेर आएपछि बहादुरी साथ पिछे हट्छौ
बिषादी सिमामा जाँच गर्ने राम्रै कुरो गर्‍याथ्यौ
फेरि एउटा चिट्ठी आएछ लुगलुग कामेछौ
जनताले बीष खानै पर्छ अरे
नत्र तिम्रो कुर्सी धारापमा पर्छ अरे
त्यसैले भन्न मन लाग्छ, कुर्लिन मन लाग्छ
सरकार !! कता हरायो तिम्रो सुद्धी
बिनास काले बिपरित बुद्धि !!

Loading...