बानेश्वरमा हतियारसहित मान्छे हिडेको देखेपछि ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं, २७ जेठ । नयाँ बानेश्वरमा हतियार सहित मान्छे भेटिएपछि प्रहरी परिचालन गरिएकाे छ । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँमा प्रहरीले हात हतियारसहित हिडेका एक व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

प्रहरीले साङ्गेल शेर्पा नाम रहेका सोलुखुम्बुका एक युवालाइ पक्राउ गरेकाे जनाएकाे छ । काठमाडाैं प्रहरीले याे घटनाकाबारेमा अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।

काठमाडाैं प्रहरी परिसरकाे विशेष टोलीले शेर्पालाइ पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिएका छन ।

प्रहरीले उनकाे साथबाट मेडइन जापान लेखेको एक थान पेस्तोल बरामद गरेकाे जनाएकाे छ ।

Loading...