विप्लवले चौकी कब्जा गर्न लागेको भन्दै सेनाको हेलिकोप्टरमा काठमाडौं र विराटनगरबाट सोलुमा लगियो ठूलो फौज

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ ।

विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमण गर्न लागेपछि गएराति सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीबाट प्रहरी भागेर ज्यान जोगाएको बताइन्छ । त्यो खबर आएपछि राजधानी काठमाडौं र १ नम्बर प्रदेशको राजधानी विराटनगरबाट हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइएको बुझिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतले सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको जनाएको छ ।

तर प्रहरीले यति ठूलो संख्यामै सुरक्षाकर्मी किन परिचालन गर्नुपर्यो भन्ने केही बताएको छैन । यति ठूलो संख्यामा सुरक्षाकर्मी राजधानीबाट सोलुखुम्बु लगिनुलाई केहीले कतै ठूलो नक्कली भिडन्त गर्न खोजिएको वा मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजिएको हुनसक्ने विश्लेषण पनि कतिपयले गरेका छन् । 

केही दिन अघि मात्र भाेजपुरकाे जंगलमा नक्कली भिडन्त देखाएर नेकपाका एक जना कार्यकर्ताकाे हत्या गरिएकाे थियाे । भाेजपुरकाे एक जंगलमा ठूलाे संख्यामा विप्लवका सेना जम्मा भएकाे र त्यहाँ सुरक्षाकर्मी पुग्दा भएकाे भिडन्तमा तिर्थराज घिमिरे नाम गरेका एक कार्यकर्ता घाइते भएकाे प्रहरीले दावी गरेकाे थियाे । तर, पछिल्लाे दिन उनकाे धरान अस्पतालमा निधन भएकाे थाहा भएकाे थियाे । 

Loading...