ह्वाटस एपलाई पेटिएमको कडा चुनौती

चर्चित सामाजिक सञ्जाल एप ह्वाट्स एपले दिने सेवा भन्दा राम्रो सेवा दिनका लागि पेटिएमले नयाँ कार्यक्रम घोषणा गरेको छ । पेटिएमले आफ्नो नयाँ सन्देश सेवा आगामी अगस्टमा लञ्ज समेत गरिसक्ने घोषणा गरेको छ ।

यो सेवा लञ्च भएपछि त्यसले ह्वाट्स एपलाई कडा चुनौती दिने बताइएको छ । ह्वाट्स एपले दिने भन्दा पेटिएमको यो सर्भिस निकै प्रभावकारी हुने प्रचार गरिएको छ । पेटिएमले ह्वाट्स एपले दिइरहेको सुविधा भन्दा आफ्नो सन्देश सेवामा नयाँ नयाँ विशेषता थप गरेको छ ।
पेटिएमका प्रयोगकर्ताले कुराकानी गर्न, गित सुन्न, भिडियो हेर्ट र ती सबै कुरा एकअर्कोमा साटासाट गर्न समेत सक्ने बताइएको छ । चिनियाँ कम्पनी ई–कमर्स, अलिबाबा र जापानको टेक्नोलोजी कम्पनी सफ्ट बैंकले यो सुविधा बनाउन लागेको बताइएको छ । यसलाई अति गोप्य राखिएको भए पनि पेटिएमै कार्यरत दुई कर्मचारीले यस कुरालाई बाहिर ल्याएको चर्चामा आएको छ ।

कम्पनीले भने यस बारेमा कुनै पनि टिप्पणी गरेको छैन । कम्पनीको आधिकारिक टिप्पणी बाहिर नआएका कारण त्यसमा कुन कुन कम्पनीको सहकार्य रहेको छ भन्ने भन्न सकिदैन ।

स्रोतका अनुसार अहिले पेटिएमका २३ करोड प्रयोगकर्ता रहेका छन् । यदि पेटिएमले यो नयाँ सन्देश सेवा समेत सुरु गरेमा यो एप ह्वाट्स एप भन्दा ठूलो एप बन्ने अनुमान गरिएको छ । पेटिएमले यस नयाँ सन्देश सेवा भित्र्याउनका लागि पछिल्लो तीन महिनादेखि काम गर्दै आएको थियो ।

पेटिएमलको यो सन्देश सेवा सुविधा ल्याउने सूचना यस्तो बेलामा आएको छ, जबकि ह्वाट्सपले पनि डिजिटल पेमेन्ट सिस्टम लञ्च गर्न लागि परेको छ ।
यसअघि भारतमा डिजिटल पेमेन्ट सिस्टमलाई अगाडि बढाइएको थियो । यसमा पेटिएमले ठूलो भुमिका निर्वाह गर्दै आएको थियो । ह्वाट्सपले पनि यो सुविधा आफ्नो एपमा राख्न लागेका बेलामा पेटिएमले यस्तो चुनौती दिएको बताइएको छ ।

Loading...