कौडीको मुल्यमा नयाँ बसपार्क कब्जा गरी ब्रह्मलुट मच्चाउने लोत्सेमाथि किन बोल्दैन ओली सरकार

काठमाडौं । जताततै भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेको समाचार आइरहेकै वेला सरकारले बसपार्कका लागि अधिग्रहण गरेको जग्गा दीपक कुँवरको लोत्से बहुउद्देश्यीय प्रालिले कब्जा गरी मनपरी संरचना निर्माण गरिरहेको अर्को समाचार बाहिर्रिएको छ ।

सरकारले जनतासँग अधिग्रहण गरेको र जापान सरकारले बनाइदिएको नयाँबसपार्क काठमाडौं महानगरपालिकाले दीपक कुँवरलाई ब्यापार गर्न कौडीको मूल्यमा ३० बर्षका लागि दिएको खुल्न आएको छ ।

राजनीतिकै आडमा दीपक कुँवरले नयाँ बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा विशाल संरचना बनाइरहेका छन् । तर सरकार भने बेखबर जस्तै बनिरहेको छ ।

ग्रान्डी इन्टरनेशनल हस्पिटल र ग्रान्डी हाउजिङ निर्माण गर्दा बिष्णुमति खोला नै अतिक्रमण गरेका दीपक कुँवरले नयाँबसपार्कको सरकारी जग्गामा ठूला संरचना निर्माण गरेका छन् । जापानले खाली जग्गा राखेर बनाएको बसपार्क उनले कम्प्लेक्स निर्माण गरी सरकारको सम्पत्ति कौडीको मूल्यमा लिजमा लिएर करोडौंको लुट मच्चाइरहेका छन् ।

कुँवरको लोत्सेलाई नयाँबसपार्कमा सिन्डिकेट लागू गर्दा काउन्टरदेखि बसमा काम गर्ने ३० हजार मजदुरको गाँस खोसिएको बसपार्कमा अन्य यातयात व्यवसायीहरु बताउछन् ।

दीपक कुँवर अध्यक्ष रहेको लोत्से बहुउद्देश्यीय प्रालिले खारेज भइसकेकोे नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघलाई बसपार्क संचालनको जिम्मा दिएको छ ।

सरकारले गतबर्ष खारेज गरेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ २०७५ साउन १ बाट नवीकरण भएको छैन । तर दीपक कुँवरको लोत्से बहुउद्देश्यीय प्रालिले त्यही नवीकरण नभएको अवैधानिक महासंघलाई नयाँबसपार्क संचालनको जिम्मा दिएको छ । लोत्सेका तर्फबाट महाप्रबन्धक सुनिल कुँवर र र खारेज भएको महासंघका तर्फबाट बरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वाँरले बसपार्क संचालनको सम्झौता गरेका छन् । २०७५ साउन २९ मा लोत्से र महासंघबीच सम्झौता भएको हो ।

स्वाँर नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष तथा गोंगबु बसपार्क संयुक्त ब्यवस्थापन समितिका संयोजक हुन् । खारेज भएको यातायात ब्यवसायी महासंघबीच सम्झौता गरिसकेपछि २०७५ फागुन १९ मा लोत्सेले काउन्टर ब्यवस्थापन सम्बन्धी उल्लेख भएको पत्रले नयाँबसपार्कमा काम गर्ने सयौं मजदुरलाई गम्भीर असर पर्ने र उनीहरुको रोजगारीको मौलिक हक नै हनन् हुने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै २०७५ फागुन २८ मा सर्वोच्च अदालतमा रिट दायर भयो ।

दिवा तथा रात्रिबस टिकट बुकिङ काउन्टर मजदुर संगठन नेपालको तर्फबाट अध्यक्ष श्रीप्रसाद शिवाकोटीले रिट दायर गरेका थिए । तर २०७६ बैशाख २२ गते ७ पटक पेशी चढ्दा पनि उक्त रिटमा अन्तरिम आदेश भएको छैन । मजदुर हक हितका निम्ति क्रियाशील नेकपा निकट जिफन्ट, ट्रेड युनियन कांग्रेससँग गुहार माग्दा उनीहरु केही नबोलेको शिवाकोटीको गुनासो छ ।

प्रहरी प्रशासन, राजनीति र अदालतसमेतको उनै कुँबरलाई साथ र सहयोग रहेको पनि पीडितहरुको दाबी छ । खारेज भएको यातायात महासंघसँग सम्झौता गरिसकेपछि नयाँबसपार्कमा रहेका पूर्वदेखि पश्चिम जाने बसका टिकट काउन्टरहरु रहेका सबै सटरमा लोत्सेका अध्यक्ष दीपक कुँवरले ताला लगाएका छन् । र, संघ, समिति, प्रालिका कर्मचारीलाई बिचल्लीमा पारिदिएका छन् । तर, यो सबै समाचार बाहिर आउँदासमेत सरकारले भने किन चासो दिइरहेको छैन् यो भने गम्भिर प्रश्न भएको छ ।

यात्रुहरुले विगतमा विभिन्न यातायात कम्पनीका काउन्टरबाट टिकट काटेर जान पाउने सुविधा थियो । तर अब लोत्सेले जिम्मा दिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने हुन्छ । यात्रुहरुबाट लिएको भाडाको ७ प्रतिशत कमिसनमा ५ प्रतिशत लोत्सेले पाउनेछ भने २ प्रतिशत खारेज भएको महासंघका नेताहरुले पाउनेछन् ।

नयाँ बसपार्कबाट लोत्सेले सबै काउन्टर हटाइसकेपछि सबै यात्रुहरुले अब उसैको काउण्टरबाट मात्र टिकट पाउनेछन् । यात्रुहरुले कोशी बस ब्यवसायी संघ, कन्काई यातायात, उज्यालो यातायात, प्रगति यातायात, प्राइम यातायात,नयाँ नेपाल यातायात, कोशी पशुपति यातायात, मेची अग्नि यातायात जस्ता कम्पनीबाट टिकट काटेर जान्थे । तर अब लोत्सेबाट मात्र टिकट काट्नुपर्नेगरी कुँबरको नयाँ बसपार्कमा सिण्डिकेट शुरु भएको छ । कुँबरकाे दादागिरी सिण्डिकेटसँगै साना र नयाँ व्यवसायीहरु मारमा परेका छन् । बसपार्कमा पुरा केही यायाता प्रालीकाे पुरै सिण्डिकेट रहेकाे एक नयाँ व्यवसायीले बताए ।

लोत्सेलाई पार्किङबापत एउटा बसको रु ३ सय ७५ सम्म लिने गरेका छन् । बसपार्कमा प्रतिदिन ३ हजार बस भित्रन्छन् । लोत्सेले पार्किङदेखि कमिसनबापत दैनिक करिब १६ लाख रुपैयाँ असुली हुने अन्य यातायातका व्यवसायीहरुले जानकारी दिए।

स्रोतका अनुसार, पुराना समितबाट छुटेर आउनेहरुलाई काउण्टर नै नदिने, लोत्सेको दादागिरी विरुद्ध बोल्नेको टिकट काउण्टरको बोर्ड हटाइदिने, ड्राइभर र सेक्युरिटी गार्डहरुमाथि कुटपिटसमेत गर्ने गरेको छ ।

Loading...