श्रीया जागिर खोज्दै जाँदा भूपू प्रेमीकहाँ पुगेपछि…

काठमाडाैं । श्रीयालाई जागिरको खाँचो छ । कुनै पत्रिकामा उनी अन्तरवार्ताको लागि छनोट भएको सूचना देख्छिन् र अन्तरवार्ताको लागी सम्बन्धीत कार्यालय जान्छिन् ।

अन्तरवार्ता दिने व्यक्ति अरु कोही नभएर उनको पूर्व प्रेमी हुन्छन्, अब श्रीयालाई समस्या पर्छ, जाउँ कि बसम् । डकुमेण्ट नदिउँ भने जागिरको खाँचो छ, दिउँ भने पूर्व प्रेमीको अनुहार हेर्नु छैन, उनी दोधारमा पर्छिन् ।

यही बिषयलाई आधार मानेर गायक भुवन आचार्यको मेरो सामु गीतको म्यूजिक भिडियो बनेको छ । गीतको शब्द श्याम लम्सालकाे हो भने प्रकाश नेपालीले यसमा संगीत भरेका छन् । फलानो क्रियशनले गीतको म्यूजिक भिडियो बनाएको हो । श्रीया दुलाल, राम रामदाम र पुरुषोत्तम भारतीको अभिनय रहेको म्यूजिक भिडियोलाई सरोज अधिकारीले खिचेका हुन् । साथै सुबास अम्गाईले यसकाे म्यूजिक भिडियाेकाे निर्देशन तथा सम्पादन गरेका छन् ।

हेर्नुहोस पूरा भिडियो

Loading...