धार्मिक पर्यटन विकासका लागि काठमाडौं-लुम्बिनी साइकल र्याली शुभारम्भ

 

काठमाडौं, ३ चैत । ग्रेट बुद्ध ट्रेल अभियान अन्तर्गत आइतबार काठमाडौंको स्वयम्भु महाचैत्य बात साइकल र्यालीको शुभारम्भ भएको छ ।

भगवान बुद्धले आजकै दिनमा सात पाइला सारेकाे एेतिहासिक किम्बदन्तीका अाधारमा यही महान् दिनलाई सात अंकको संयोग बनाई अाइतबार बिहान सात बजेर सात मिनेट सात सेकेन्डमा उक्त ¥यालीको सुभारम्भा गरिएको हो ।

७५ जना साइकल यात्री सहभागी रहेकाे र्याली मंगलबार हेटौडाँ हुँदै चितवन, कावासोती भएर लुम्बनीमा पुग्ने बताइएकाे छ । साे यात्रा लुम्बिनीमा पुगेर टुङिगनेछ ।

विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रबर्द्र्धन गर्दै सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको भावना बृद्धि गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको र्याली शुभारम्भ समाराेहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठले ननस्टपखबरसँग कुरा गर्दै भने । साथै उनले यस अभियानले विश्वमा रहेका बौद्ध दर्शनार्थीहरूको ध्यानाकर्षण हुने अपेक्षा पनि गरिएको बताए । कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता र पर्येटनसँग आबद्ध संघ सस्था प्रतिनिधिको उल्लेखीय सहभागीता रहेको थियो ।

Loading...