विद्यार्थी भन्दा प्राध्यापक बढी

त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गतका इतिहाससहित आधा जस्तो विषयमा विद्यार्थी भन्दा प्राध्यापक बढी भेटिएका छन् । पाठ्यक्रममा समय सापेक्ष परिवर्तन नहुँदा र अध्ययनपछिको विकल्प बलियो नहुँदा विद्यार्थी संख्या घटेको विश्लेषकहरुको भनाई छ । 

त्रिविमा कुनै समय विद्यार्थीको राम्रो आर्कषण हुने इतिहास विषयमा चालू शैक्षिक सत्रमा निकै कम विद्यार्थी छन् । यस वर्षको स्नातकोत्तर तहमा इतिहास विषयमा ७ जना विद्यार्थीमात्र छन् । त्रिविले समेस्टर प्रमाणीमा गएसँगै इतिहास विषयका लागि ५० जनाको कोटा छुट्याइएको थियो । तर, उसले अपेक्षा गरेजति विद्यार्थी आएनन् । तर, इतिहास विषयका लागि १७ स्थायी प्राध्यापक छन् ।

त्यसैगरी संस्कृत र हिन्दी भाषामा पनि त्यस्तै अवस्था छ । हिन्दी भाषाका लागि मात्र ७ जना प्राध्यापक छन् । तर, हिन्दी भाषाको लागि यस वर्ष जम्मा १ जना मात्र विद्यार्थी छन् । संस्कृत र हिन्दीसँगै मानविकी संकायअन्तर्गत अहिले २६ विषयको अध्यापन भइरहेको छ । ती मध्ये आधाजसो विषयमा कोटाभन्दा थोरै विद्यार्थी भर्ना भएका छन् । 

संस्कृत विषयमा जम्मा ७ जना विद्यार्थी छन भने राजनीति शास्त्रमा जम्मा २२ जना विद्यार्थी मात्र छन३ । त्यसैगरी बौद्ध अध्ययनमा ५० जना विद्यार्थी छन् । तर, हिन्दी विषयका लागि ७ ना पञध्यापक छन् भने संस्कृत मा ३ जना, राजनीति शास्त्रमा ९ जना र बौद्ध अध्ययनमा १३ जना पञध्यापक छन् । 

Loading...