मनमोहन अस्पतालले गर्यो सिटी स्क्यान सेवाको सुभारम्भ

काठमाडौँ । स्वयम्भुमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको छ ।

सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सो अस्पतालले अत्याधुनिक प्रविधि ल्याएर बुधबारबाट उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ ।

अत्याधुनिक सुविधा रहेको हिताची १२८ सिटी स्क्यान उपकरणको हस्पिटलले आजै विधिवत उदघाटन गरी सर्वसाधारणका लागि सेवा दिन सुरु गरिएको अस्पतालका डा. मनोजमान श्रेष्ठले जानकारी दिए । उनले यो प्रविधि आएपछि सेवाग्राहीलाई धेरै सहज हुने बताए ।

Loading...