अदालतले भन्यो ‘विप्लव ज्यान मार्ने उद्योगमा लागेका छैनन’

भोजपुर, २२ माघ । भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो । सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै जिल्ला अदालतले सफाइ दिएको हो । भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले नेकपाका नेताहरु दावी गरिएजस्तो गतिविधिमा नभएको फैसला गरेको छ ।

सोही मुद्दामा नेकपाका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता तथा किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको भने वतन नखुलेको भन्दै तामेलीमा राखिएको छ । त्यस्तै सोही मुद्दामा दुई नेतालाई जनही ४० हजार जरिवाना गर्ने फैसला अदालतले गरेको छ ।

यसअघि यही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरी भोजपुर पुर्याईएको थियो । तर सर्वोच्च अदालतले निर्दोष रहेको भन्दै रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।

 

Loading...