स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी

   

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला सोमबार बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।

 श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले शनिवार पत्रकार सम्मेलन गरि मेला ब्यबस्थापनको सम्पूर्ण तैयारी पुरा भएको बारे जानकारी दिएको छ । समितिले गएको बर्ष तिस लाख भक्तालू दर्सनर्थिले प्रतक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्यांकलाइ मध्य नजर गरि यो बर्ष पनि सोहि अनुपातमा भक्तालू आउने भएकाले मेलाकालागी शान्ति सुरक्षा ,स्वाथ्य ,सहज सार्वजनिक यातायात ब्यबस्थापन तैयारी पुरा भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । निकै कठिन मानिने स्वस्थानी ब्रतमा ब्रतालुका लागि बिषेस ब्यबस्था गर्दै पुजा सामग्रीहरुको सहज ,बस्नको लागि ,स्नान, सौचालयको भिन्नै ब्यबस्था , बिगतमा खाजा होटलहरुले ग्राहाक संग मनलाग्दी पैसा असुलेको गुनासोलाइ मध्ये नजर गर्दै मेला क्षेत्र भित्र रहेका होटल ,खाजा घरहरुमा मुल्य सुची समेत अनिवार्य गरि मेला अवधिभर अनुगमन गरिने समितिले बताएको छ । 

Loading...