रामेछापमा एक निर्दयी आमाले यसरी मारिन आफ्नै २ सन्तान

रामेछाप, ५ चैत । खाँडादेवी गाउँपालिका- ६ माकादुममा एउटा दर्दनाक घटना बाहिर भएको छ । एक आमाले आफ्नै नाबालक २ छोराछोरीको निर्दयतापूर्वक हत्या गरेकी छन ।

२५ बर्षिया तारा केसीले आफ्ना २ नाबालक छोराछोरीको हत्या गरेकी हुन् । मट्टीतेल छर्किएर आफ्नै नाबालक छोराछोरीलाई आगो लगाइ हत्या गरेपछि आमा शब्दकै अपमान भएको छ । उनले बाँसको झुपडी भित्र छोराछोरीलाई राखी आगो सल्काएकॆ थिइन् ।
घटना आइतवार राती अन्दाजी ११ बजेको समयमा भएको प्रहरीले जानकारी गराएको छ ।
श्रीमानले कान्छी श्रीमती ल्याएर आफूलाई बेवास्ता गरेको रीसको आवेसमा उनले आफ्नै छोराछोरीको क्रुर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनाएको छ ।

Loading...