लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]

सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला

        काठमाडौँ, १६ जेठ ।  लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]

सशस्त्रको अस्पतालमा नेपाली सेनाका कर्णेलले जिते कोरोना

नेपाली सेनाकाे मध्य पुर्वी पृतनाका पृतनापति समेत रहेका उपरथी सुरेस कुमार कार्कीले कोरोना भाइरस(काेभिड १९)माथि विजय प्राप्त गरेका छन् । तीन पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी डिस्चार्ज भएका हुन् । संक्रमण पुष्टि भएपछि उपरथी कार्की १२ दिन अघि बलम्वुस्थित सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनीसंगै उनको पृतनाका एक […]

कोरोना संक्रमितलाई लिन पुगेको प्रहरीमाथि अवरोध, हवाई फायर गर्दै पछि हट्यो प्रहरी

कोरोना भाइरस संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मी माथि अवरोध भएको छ । रौतहटमा केहि मानिस प्रतिकारमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो । शुक्रवार विहान रौतहटकाे इशनाथ नगरपालिका–७ स्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जना संक्रमित व्यक्तिलाई लिन पुगेका प्रहरी र स्वास्थ्यकर्मीलाई केहि स्थानीयले अवरोध पुर्याएपछि स्थिति तनावग्रस्त बनेको थियो । संक्रमितलाई उपचारका लागि […]

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, १५ जेठ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना […]

कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको  छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए । वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]

दलित युवा र ठकुरी युवतीको प्रेमले निम्त्यायो विपत, २ को मृत्यु ७ जना वेपत्ता

जाजरकोट । शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको आक्रमणपछि बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ६ युवामध्ये एक जनाको शव सल्यानस्थित भेरी नदिको किनारमा भेटिएको छ। नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर शनिबार साँझ चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए। प्रहरीले […]

क्वारेन्टाइनभित्र कुटाकुट, घाईतेको उपचार हुँदै

बुटवल । रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् । कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कुटाईबाट […]

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौँ ।सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा […]