काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । […]

उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुर, ४ माघ । देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ । उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट […]

कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

कैलाली, ४ माघ । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलबाट खस्दा अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको मृत्यु भएको हो। कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीका अनुसार फोटो खिच्ने क्रममा शिक्षक भाट पुलबाट खसेका हुन्। खसेर घाइते भएका उनको उपचारका […]

माधनारायण मेला नगरी व्रतमात्र गरिने

माघ ३,काठमाडौँ – कोरोनाको महामारीका कारण साँखुस्थित शालिनदीमा माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । कोरना महामारी दिनानु दिन फैलिदै गएका कारण यो बर्ष १५० वृर्तालुका लागि बिधि मात्र पुरा हुने गरि सम्पन्न र्तालुका लागि सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । प्रत्येक वर्ष […]

धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं, २ माघ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् […]

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

म्याग्दी, २ माघ । उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र […]

मन्त्री आलेको निर्देशनमा विदेश भाग्न लागेका क्यासिनो सञ्चालक नियन्त्रणमा

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे […]

गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना

गुल्मी, २ माघ । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्बर३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् । शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० […]

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा […]

सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

सुर्खेत, २ माघ । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ […]