सिँचाइ सचिव यादव चढेको जिप त्रिशुली नदीमा, चालक काठमाडौंमा

नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो ।

आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार गरेका छन । जीप सचिव यादवले नै चलाउदा दुर्घटना भएको चालकको दावी छ ।

आफ्नो घर कपिलवस्तुबाट यादव काठमाडौं फर्कदैं गरेका थिए । सलाङ्घाटबाट जीप त्रिसुली नदीमा खस्दा सचिव यादव , उनका २२ बर्षिय छोरा र एक नाम नखुलेकी सचिव यादवको साथीको छोरी हराइरहेका छन । प्रहरीले खोजीकार्य भैरहेको बताएको  ।

Loading...