गजल वन्दना

गजलकार : हिमालचन्द्र बराल

तन्त्र  जेसुकै अाअाेस् ,सत्तामा लुटेराहरु छन्

जनतासँग केवल गुनासाका सुस्केराहरु छन्

चाहे तिमी दिन भन वा रात, के फरक छ र

उज्यालोकाे शिकारमा यहाँ चमेराहरु छन्

मान्छे बिग्रन्छ अाफू ,दाेष जति समयलाई

ईशारामै दुनियाँ नचाउने सपेराहरु छन्

पानी किन्न थालेदेखि काकाकुल भाे शहर

अचेल गाउँमा पनि सुनसान पँधेराहरु छन्

व्यधाकाे स्वादकाे लागि सहिद भाे ढुकुर

हुरीसँग जीवनको लागि लड्ने बचेराहरु छन्

Loading...