कृष्णबहादुर महरा १३९२३ मत अन्तरले विजयी

दाङ, २३ मंसिर । माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन । दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महराले नेपाली कांग्रेसका राजु खनाललार्इ पराजित गरी विजयी भएका हुन् ।

महराले कांग्रेस उम्मेदवार १३ हजार ९ सय २३ मतकाे अन्तरले पराजित गरेका छन् । महराले ३९ हजार ९ सय ५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् ।

दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।

Loading...