नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।

नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौँ बाट उडान भरेको ४० मिनेटमा पुर्याउने भएको छ । निगमले हाललाई मेघौलीका लागि एकतर्फी भाडा रु.३१६५ निर्धारण गरिएको छ ।
मेघौलीमा सिधै पुग्ने भएपछी पर्येतकलाइ भरतपुर विमानस्थल भएर अन्य सवारीसाधनमा यात्रागरि राष्ट्रिय निकुञ्ज पुग्न पर्ने बाध्यताबाट धेरै हदसम्म सहज हुने भएको छ ।

यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।

सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिने निगमले बताएको छ ।

सुकेटारका लागि एकतर्फी भाडा रु.५४०५ निर्धारण गरिएको छ ।

Loading...