आयातीत संस्कृतिले नेपालका विभिन्न जातिको संस्कृति लोप हुदै छ – सत्यमोहन

        काठमाडौं, फागुन २६ गते । संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली सभ्यता र संस्कृति बचाउन सबै पक्षले लाग्नुपर्नेमा जोड दिदै नेवार समुदाय भित्रका सबै जातजातिले भाषा, सस्कृति, कलालाई जिबन्त राख्नुपर्ने बताउनु भएको छ ।

 नेपाल राष्ट्रिय खड्गी समाजको शनिबार भएको दोस्रो महाधिवेशनको उद्घाटन गर्नुहँदै उहाँले नेवार समुदाय तथा अन्य समुदायमा पश्चिमा विदेशी आयातीत संस्कृतिले मौलिक सस्कृति ,भाषा सबैमा नकारात्मक प्रभाव पर्दै गएको र नेपालका विभिन्न जातिको संस्कृति लोप भएको बताउनुभयो ।

उपत्यका लगाएत छरिएर रहेको नेवार समुदायले विभिन्न पेशा अँगाल्ने भएकाले अन्य जति झैँ ” नेवार ” एकै जाती रहेको हुदा एउटै जातिभित्र पनि बहुपहिचान रहेको उहाले भन्नुभयो, ‘‘संघीयतामा यसको झन् ठूलो महत्व स्थापित भएको छ, नेवारभित्रका विभिन्न थर झंै खड्गीहरुको पनि छुट्टै सांस्कृतिक मौलिकता छ, त्यसलाई बचाउन सबै लाग्नुपर्छ ।’’
उहाँले विदेशी संस्कृतिले अतिक्रमण गरेजस्तै भाषामा पनि अतिक्रमण भएको बताउँदै आफ्नै मातृभाषाको संरक्षण र जगेर्ना गर्नुपर्ने औैँल्याउँदै नेपालमा रहेका भाषाहरुका संरक्षणमा सम्बद्ध पक्षले ध्यान जान जरुरी रहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिकाजी महर्जनले आफ्नो, जाति, धर्म र भाषाको संरक्षण गर्न सबै कटिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।

 
त्यसैगरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिदेसिएका युवा जमातलाई फर्काउन सबैले पहल थाल्नुपर्ने र देशमा नै सकेसम्म युवाहरुलाई रोजगारको प्रत्याभूत गर्न सरकारले तयारी थाल्नुपर्नेमा बताउनु भयो ।

Loading...