सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन पुगेका छन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ। ती कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा […]

गोरखामा बिहानै ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । गोरखा जिल्लामा आज बिहान ४ म्याग्निच्युडको हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान करिब ६ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का गोरखासहित वरपरका केही जिल्लामा समेत हल्का मात्रामा महसुस गरिएको स्थानीयहरूले बताएका छन्। यद्यपि अहिलेसम्म कुनै भौतिक […]

नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज

काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो। यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित निकालेको थियो। शुक्रबार नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ […]

नक्कली कागजात बनाएको आरोपमा सामाखुसीबाट तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। आइतबार दिउँसो २ बजे सामाखुसीबाट तीन जनालाई नक्कली कागजातसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र काभ्रेका सबिन आले पक्राउ परेका हुन्। अचल लामिछानेले इजी सप सञ्चालन गरेका थिए। त्यस […]

ट्रम्पका सल्लाहकारले भने- विश्वकै ठूलो लोकतान्त्रिक देशको प्रधानमन्त्री भएर मोदी पुटिन र सीको पछि लागे..

एजेन्सी । चीनमा सुरु भएको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको विषयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक उच्च अधिकारीले टिप्पणी गरेका छन्। चीनमा राष्ट्रपति सी चिनफिङसँग मोदीको भेट र सो भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएपछि ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले विवादास्पद टिप्पणी नै गरेका छन्। भारतीय अनलाइन […]

रूपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित ७ जना सिफारिस

काठमाडौँ । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लुम्बिनी प्रदेश […]

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच मालढुंगामा बैठक, भए यस्ता सहमति

पोखरा। गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच स्याङ्जाको गल्याङ नगरपालिका–१ मालढुंगामा दोस्रो संयुक्त बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच भएको उक्त छलफल प्रदेश विकासका साझा प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो। यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा पहिलो संयुक्त बैठक बसेर २१ बुँदे प्रतिबद्धता […]

उल्टियो नासुमा पदपूर्तिको व्यवस्था, अब १० प्रतिशत खुला प्रतिस्पर्धा

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो । यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो […]

अनिवार्य अवकाशबारे दलहरू विभाजित : एमाले-कांग्रेस एकातिर र माओवादी-समाजवादी अर्कातिर

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेकपा माओवादी केन्द्र […]

प्रधानमन्त्री ओली र लाओस जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको बताइएको छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी […]