प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।     अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।      […]

धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी

काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् । एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् […]

वामगठबन्धनका सुत्रधार मानिएका वामदेवको प्रस्तावले एमालेमा बहस चर्कियो

काठमाडौ, १५ पुस । एमाले उपाध्यक्ष वामदेव गौतम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक मत राखेका छन् । बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेपछि एमालेमा खैलाबैला मच्चिएको छ । गौतमको धारणाले […]

पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

समानुपातिकमा सांसद बन्ने को हुन् भाग्यमानी ३९ महिला २ पुरुष

काठमाडौं, ७ पुस । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुईजना पुरुषलाई सांसद […]

अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]

प्रचण्डमाथि ओलीको अर्को प्रहार, ओलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?’

काठमाडौँ, २८ मंसिर । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् । एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? […]

दुर्इ नम्बर प्रदेशमा एमाले नाजुक, २ ठाउँमा जित शुन्य अग्रता

काठमाडाैं, २४ मंसिर । समग्र निर्वाचनमा धेरै ठूलाे अग्रता बनाइरहेकाे नेकपा एमालेकाे २ नम्बर प्रदेशमा भने नतिजा निकै नराम्राे भइरहेकाे छ । प्रदेश नं २ को मतगणना हुँदा प्रतिनिधिसभातर्फ अहिलेसम्म १२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ प्रदेश नं. २ मा एमालेले अहिलेसम्म २ ठाउँमा मात्र जित हासिल गरेकाे छ । […]

नयाँ रेकर्ड कायम गर्दै केपी ओलीले झापामा कांग्रेस हराए

झापा, २४ मंसिर । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट विजयी भएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर रेकर्ड पनि कायम गरेका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलार्इ पराजित गरेका हुन् । अाेलीले अधिकारीलार्इ २८ हजार ८ सय […]

प्रतिनिधि सभामा पनि एमालेले खोल्यो पहिलो खाता

काठमाडाैं, २२ मंसिर । वामगठबन्धनले प्रतिनिधि सभामा पनि पहिलाे खाता खाेलेकाे छ । वाम गठबन्धनबाट मुस्ताङमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले जित हासिल गरेका छन् । यसअघि प्रदेश सभा सदस्यमा मुस्ताङ प्रदेश क बाट एमालेकै इन्द्रधारा बिष्टले विजय हासिल गरेका थिए । एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । […]