लोकसेवाको विज्ञापन विरुद्ध बन्यो आन्दोलन परिचालन समिति, आदिवासी जनजातिले आन्दोलन अझै चर्काउने

काठमाडौं, २१ साउन । लोकसेवा आयोगले समावेशिता र समानुपातिक सिद्धान्त विपरित विज्ञापन खुलाउन थालेपछि त्यसका विरुद्ध निरन्तर आन्दोलनमा रहेका सरोकारवालाहरुले नयाँ आन्दोलन उठान गर्न आन्दोलन परिचालन समिति गठन गरेका छन् । सोमबार काठमार्डौंको सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको हो । आरक्षण बचाऔँ आन्दोलनका लागि समितिले सबैलाई एकजुट हुन आह्वान पनि […]