झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै

लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]

घलेगाउँ होमस्टेमा घटे पर्यटक, व्यवसायी मर्कामा

लमजुङ, १५ साउन । पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना […]

तीन जलविद्युत आयोजना तहसनहस पार्ने दोर्दी खोलामा यसरी आएको थियो भयानक बाढी (भिडियो)

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो ४ बजेतिर अचानक आएको बाढीले बगाउँदा अहिलेसम्म चार जनाको शव भेटिएको छ । दोर्दी खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई खोलामा अचानक आएको बाढीले बगाएको थियो । साथै सुरुङमा काम गर्ने मजदुरहरु पनि सुरुङमै बाढी पस्दा वेपत्ता भएका थिए । बाढीले बगाएका २ जनाको शव दोर्दी […]

जीप दुर्घटनामा चालकको मृत्यु

लमजुङ, ९ साउन । बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ । सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए । सो सवारी साधनमा चालक […]

लमजुङमा मध्य दिउसो एकाएक भीषण बाढी आउँदा १६ जना बगे, २८ मजदुर सुरुङमै थुनिए

लमजुङ, ८ साउन । लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ । बुधवार दिउसो ४ बजेतिर आएको बाढीले निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु र जलविद्युतका सामानहरु बगाएको छ । बाढी आउँदा भागेर ज्यान जोगाएका मजदुर अमर बस्नेतले बज्रगुरु जलविद्युत आयोजनाको इनलेटमा रहेका १६ जना मजदुरलाई बाढीले बगाएको भाग्दै गर्दा ननस्टप […]