नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

बेत्रावती, ९ साउन । नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो । आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर […]